देशको पहाडी भूभागमा आंशिक बदली रहने

हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

देशको पहाडी भूभागमा आंशिक बदली रहने

काठमाडौं । हाल कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशको तराईका केही स्थानहरुमा हावा(हुरीको समेत सम्भावना रहेको छ । आज राति कोशी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया  सफा रहनेछ। कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

खबरपाटी
खबरपाटी