लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

लुम्बिनीका मुख्यमन्त्री चौधरीले गरे मन्त्रिपरिषद् विस्तार, को-को बने मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद विस्तार गरेका छन् । 

सोमबार मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जना नेतालाई थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसमा कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जसपाका भण्डारीलाल अहिर कृषि तथा भूमी व्यवस्था र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री बनेका छन् ।
नवनयिुक्त मन्त्रीहरुको शपथग्रहण आजै हुने बताइएको छ । 

लुम्बिनीका मुख्यमन्त्री चौधरीले बैशाख १५ गते शपथग्रहण गर्दै चार सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका थिए । त्यतिबेला माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री नियुक्त भएका थिए । उनीहरुको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी पाएका हुन् । 

खबरपाटी
खबरपाटी