अहिलेको गठबन्धन देश र जनताको दुःखको कारक हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले जनतालाई दुःख दिइरहेको बताएका छन्

अहिलेको गठबन्धन देश र जनताको दुःखको कारक हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले जनतालाई दुःख दिइरहेको बताएका छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले यस्तो बताए । 

गठबन्धन देशको अर्थतन्त्र ध्वस्त बनाउन लागेको दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो । तर, तथ्यांकले अर्कै कुरा बोल्छ अनि कसरी राम्रो भनिदिने रु देश र जनतालाई दुस्ख दिन र दुःखको कारण भएको छ अहिलेको गठबन्धन ।’ देशको अर्थतन्त्र संकटको डिलमा पुगेको उनको भनाइ छ ।

खबरपाटी
खबरपाटी