संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, एमाले अध्यक्ष ओलीको सम्बोधन हुने

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा शुरु हुनेछ ।

संघीय संसद अन्तर्गत दुवै सदनको बैठक बस्दै, एमाले अध्यक्ष ओलीको सम्बोधन हुने

संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । आज प्रतिनिधि सभाको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजेर १ मिनेट जाँदा शुरु हुनेछ । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिले जेठ ५ गते संयुक्त बैठकमा प्रश्तुत गर्नुभएको सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सदनमा छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ भने वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरुले संशोधन गर्ने र छलफलमा भाग लिने कार्यसूचि रहेको छ । साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा सम्बोधन गर्नुहुनेछ । त्यस्तै राष्ट्रिय सभाको बैठकमा पनि सरकारले जेठ ५ गते प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । 

खबरपाटी
खबरपाटी