‘सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने छ ’

खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।

‘सबै नागरिकलाई स्वच्छ खानेपानीको पहुँच पुर्‍याइने छ ’

काठमाडौं । खानेपानीमन्त्री महिन्द्रराय यादवले सबै नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँच पुर्‍याउन सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।  शनिवार यहाँ आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा स्वच्छ खानेपानी र सरसफाइ मौलिक हकमा उल्लेख रहेको र यसलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध छ भन्नुभयो ।  

नेपाल समाजवादी पार्टीका (नेसपा)का अध्यक्ष समेत रहनुभएको उहाँले संविधान, लोकतन्त्र, पहिचान र अधिकारको रक्षा, समानुपातिक, समावेशी प्रतिनिधित्वका लागि आफ्नो पार्टीले आवाज उठाउँदै आएको बताउनुभयो ।  उहाँले भन्नुभयो, “वर्तमानसत्तारुढ गठबन्धनको सरकारले संविधानमा रहेका त्रुटि सच्याउने छ ।” रासस

खबरपाटी
खबरपाटी