मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन्

मेरो भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्नेछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने विश्वास व्यक्त गरेका छन् । 

कान्तिपुर मिडियाद्वारा राजधानीमा आज आयोजित हाफ म्याराथनको एक कार्यक्रमबीच शुभारम्भ गर्दै  प्रधानमन्त्री प्रचण्डले भारतसँग खुला सीमा, आर्थिक, राजनीतिक, सामाजिक, जनता(जनताबीचको सम्बन्धको दृष्टिकोणले सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्नुहुँदै आगामी भ्रमण दुवै देशका लागि ऐतिहासिक बन्ने बताए । 

उनले अहिले सरकार सुशासन, विकास र समृद्धिको नयाँ सङ्कल्प सहित अगाडि बढेको पनि दाबी गरे ।  शीर्ष नेताहरूबीच हुने गरेका छलफललाई लिएर अनेक आशङ्का गरिएको स्मरण गर्दै उनले ती भेटहरू राष्ट्र हितमै केन्द्रित रहेको बताए । 

खबरपाटी
खबरपाटी