काठमाडौं । ‘हाम्रो उत्पादन, हाम्रो स्वाभिमान’ अभियानसहित स्वदेशी उत्पादनलाई प्रवर्द्धन र उपभोगकोे नीति सरकारले लिएको छ ।
आज संसद्मा प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०८०र०८१ को वार्षिक नीति तथा कार्यक्रमले स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित नवप्रवर्तन ९स्टार्टअप० व्यवसायलाई बीउ पूँजी उपलब्ध गराउने र नेपालमा उत्पादित केही वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने योजना सार्वजनिक गरेको छ ।
“लगानीयोग्य पूँजीको अभावमा उद्यमशीलता निरुत्साहित हुने अवस्थाको अन्त्य गरिनेछ । रोजगारीका लागि व्यावसायिक तालिम उपलब्ध गराउने र सुरुआती व्यवसाय गर्न आवश्यक पर्ने बीउ पूँजी सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध गराइनेछ”, वार्षिक नीति तथा कार्यक्रममा भनिएको छ, “स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पु¥याइनेछ । यी अभियानअन्तर्गत हिमालको पानी प्रशोधनसहित व्यावसायिक उत्पादन र तिलगङ्गा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ ।”
नवप्रवर्तनमा आधारित उद्यम व्यवसायलाई प्रोत्साहन गर्ने तथा यो क्षेत्रमा काम गर्न चाहने युवाहरूको सीप तथा दक्षताको उपयोग गरी उद्यम व्यवसाय प्रवर्द्धन गर्न विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । बीस प्रतिशतसम्म महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्नुपर्ने व्यवस्था सरकारको नीति तथा कार्यक्रममा राखिएको छ । कृषि र उच्च प्रविधिमा आधारित उद्योग विकास गर्न औद्योगिक वातावरण तयार पार्ने तथा औद्योगिक विकासलाई तीव्रता दिन आवश्यक नीतिगत र संस्थागत सुधार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । विपन्न परिवारलाई लक्षित गरी वडा तहमा सहुलियतपूर्ण खाद्यान्न पसल सञ्चालन गर्ने सरकारको योजना छ ।
लामो समयदेखि बन्द तथा रुग्ण अवस्थामा रहेका उद्योग, सञ्चालन खारेजी, एकीकरण वा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरिने जनाइएको छ । पुनः सञ्चालनको सम्भावना रहेका हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटवल धागो कारखानालाई सञ्चालनमा ल्याइने वार्षिक नीति तथा कार्यक्रममा उल्लेख छ ।