कहाँ छिन आरजु राणा देउवा ?

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.राणा एक वैवाहिक समारोहमा सहभागी हुन बिहीबार वीरगञ्ज पुगेकी थिइन् । वीरगञ्जबाट उनी सिधै हेटौंडा पुगिन्

कहाँ छिन आरजु राणा देउवा ?

काठमाडौं । नेपाल छाडेर सिंगापुर उडेको हल्लाका बीच नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवा काठमाडौंमा रहेको बुझिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी डा.राणा एक वैवाहिक समारोहमा सहभागी हुन बिहीबार वीरगञ्ज पुगेकी थिइन् । वीरगञ्जबाट उनी सिधै हेटौंडा पुगिन् र एक कार्यक्रमलाई सम्बोधन गरी राती नै काठमाडौं फर्किएको उनको सचिवालयले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र प्रहरीको नियन्त्रणमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँडको श्रीमती मन्जु खाँणको अप्रमाणित अडियो सार्वजनिक भएको छ । आरजुले सो अडियोबारे आवश्यक छानबिन गर्न साइबर ब्युरोमा समेत उजुरी दिएकी छिन् ।

बिहीबार केही अनलाइन मिडियाले आरजु भागेर सिंगापुर पुगेको समाचार प्रसारण गरेका थिए ।
 

खबरपाटी
खबरपाटी