पहिरो खसेका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक खण्ड सञ्चालनमा

पहिरो  खसेका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक खण्ड सञ्चालनमा

काठमाण्डौ – पहिरो खसेका कारण अवरुद्ध बनेको गुल्मीको कालीगण्डकी करिडोर सडक खण्ड सञ्चालनमा आएको छ । सडक खण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट हिजो बेलुकी सुक्खा पहिरो खसेको थियो ।
सडक डिभिजन कार्यालय, स्थानीय कालीगण्डकी गाउँपालिका र सुरक्षाकर्मीको समन्वयमा डोजर प्रयोग गरी सडकमा थुप्रिएको चट्टानसहितको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बागलुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत गर्ने यात्रु समस्यामा परेका थिए ।
कालीगण्डकी करिडोर मुस्ताङसम्म पुग्ने छोटो सडक भएकाले पछिल्ला दिनमा व्यस्त रहने गरेको छ ।

खबरपाटी
खबरपाटी