फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं - कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सविरुद्ध १०६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाएर १०५ रन मात्र बनाउन सक्यो ।
कर्णालीलाई सस्तैमा रोक्न लुम्बिनीका अभिषेक गौतम, किशोर महतो, डार्सी सर्ट र कप्तान रोहितकुमार पौडेलले समान दुई विकेट लिए । रुबेन ट्रम्पेलमन र शेर मल्ले समान एक विकेट लिए ।
कर्णालीका निम्ति सोमपाल कामीले २८ रन बनाए । हुसेन तलतले २४, गुल्सन झाले १३ र पवन सर्राफले १२ रन बनाए । यसबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।