रक्षामा पूर्णबहादुर खड्का र अर्थमा डा. प्रकाशशरण महत निश्चित
१६ चैत २०७९, बिहिवार
काठमाडौँ । स्वतन्त्र सांसद् अमरेश कुमारले प्रतिनिधिसभाको जारी बैठकमा कपडा खोलेका छन् ।
नक्कली शरणार्थी प्रकरणमा बोल्ने क्रममा सभामुख देवराज घिमिरेले बोल्ने समय नदिएको भन्दै उनले कपडा खोलेका हुन् ।
उनले बोल्न नपाएको भन्दै आफूले लगाएको सर्ट खोलेर विरोध जनाएका हुन् ।
संसद बैठकमा सांसद अर्धनग्न भएपछि सभामुख देवराज घिमिरेले संसदीय मर्यादाको ख्याल गर्न आग्रह गरेका छन् ।
कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र रूपमा उम्मेदवारी दिइ सांसद बनेका अमरेश पछिल्लो समय आफू भ्रष्टाचार विरोधी अभियानमा लागेको दाबी गर्दै आएका छन् ।