कांग्रेसले ८ हजार पनि नपुर्‍याउँदा रवि लामिछाने कटाए ४३ हजार मत

कांग्रेसले ८ हजार पनि नपुर्‍याउँदा रवि लामिछाने कटाए ४३ हजार मत

काठमाडौं । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछानेले ४३ हजार १०१ मत पाएका छन् ।

जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ७ हजार ९५२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ७ हजार ७८७ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीवलाल पुरीले २९९ मत पाएका निर्वाचन आयोगले जनाएको छ । भरतपुर महानगरपालिकाका क्षेत्र नं २ मा पर्ने १० वटै वडा र इच्छाकामना गाउँपालिकाको मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । हालसम्म आठ सय ७० मत बदर भएको छ । उनका अनुसार कालिका नगरपालिकाको मतगणना सुरु भएको छ । 

खबरपाटी
खबरपाटी