सुनको मूल्यमा आज २ हजारको बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

सातभरी बढ्दा क्रममा देखिएको सुनको मूल्य बुधबार पनि उकालो लागेको छ

सुनको मूल्यमा आज २ हजारको बढोत्तरी, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सातभरी बढ्दा क्रममा देखिएको सुनको मूल्य बुधबार पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला २ हजार रूपैयाँले बढेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९ हजार रूपैयाँमा कारोबार भएको थियो ।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला एक लाख १० हजार चार सय ५० रूपैयाँ कायम गरिएको छ ।

त्यस्तै आज चाँदी अघिल्लो कारोबारको तुलनामा ४० रूपैयाँ बढेर एक हजार चार सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

खबरपाटी
खबरपाटी