काठमाडौं । यस साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार परिसूचक नेप्से १६ दशमलव ६७ अंकले घटेर १८७१ दशमलव ८८ अंकको विन्दुमा बनद भएको छ । सोमबार शेयर बजारका सम्पूर्ण परिसूचकहरु ओरालो लागेका छन् । अधिल्लो साचा निरन्तर घटेको बजार यस साता पनि घट्दो लयमै देखिएको छ । प्रचण्ड सरकारको मन्त्रीपरिषद् विस्तारसँगै अर्थमन्त्रीको नियुक्तिसँगै राताम्मे बनेको छ ।
दोहोरो अंकले घटेको बजारमा १३ उप समूहको कारोबार भएकोमा व्यापार समूहको परिसूचक मात्र १ दशमलव २१ प्रतिशतले बढ्दा बाँकि सबै उप समूहको परिसूचक ओरालो लागेका छन् । जसमा जलविद्युत समूहको परिसूचक सर्वाधिक १ दशमलव ३० प्रतिशतले घटेको हो ।
सोमबार २६० कम्पनीको २७ हजार ४५४ पटकको कारोबारमा २८ लाख २९ हजार ४२६ कित्ता शेयरको खरिदविक्रि हुँदा ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँ ५४ पैसा बराबरको कारोबार भएको छ ।
सोमबार कालिञ्चोक दर्शन लिमिटेडका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतले कमाउँदा प्रभु बैंकका डिबेन्चर होल्डर्सले सर्वाधिक १० प्रतिशतले गुमाएका छन् ।
आज नबिल बैंक लिमिटेडको सर्वाधिक ३ करोड ६२ लाख ७९ हजार ७ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
सोमबार दोहोरो अंकले घटेको बजारमा ३३ कम्पनीको शेयर मूल्य बढ्दा १७३ कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ । बाँकि १० कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।