शेयर बजारमा झिनो बढोत्तरी, कारोबार रकममा भने भारी गिरावट

कारोबारमा आएका १३ उप-समूह मध्य ५ उप-समूहको परिसूचक बढ्दा ८ उप-समूहको परिसूचकमा गिरावट देखिएको छ

शेयर बजारमा झिनो बढोत्तरी, कारोबार रकममा भने भारी गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार शेयर बजार परिसूचक नेप्से सामान्य १ दशमलव ०२ अंकले बढेर बन्द भएको छ । दिनभरको कारोबारमा घट्दो लयमा देखिएको बजार अन्तिम घडिमा भने बढेर बन्द भएको हो । 

कारोबारमा आएका १३ उप-समूह मध्य ५ उप-समूहको परिसूचक बढ्दा ८ उप-समूहको परिसूचकमा गिरावट देखिएको छ । बुधबार होटल्स तथा पर्यटन उपसमूहको परिसूचक १ दशमलव ३४ प्रतिशतले बढ्दा बाँकि सबै उप समूहको परिसूचक १ प्रतिशत भन्दा थोरैले घटबढ भएका छन् । 

बुधबार सानिमा माई हाइड्रो पावर र कालिञ्चोक दर्शनका लगानीकर्ताहरुले सर्वाधिक १० प्रतिशतले कमाएका छन् । 

कारोबार रकमका आधारमा एन आइ शी एसियाको सर्वाधिक ३ करोड ५६ लाख ९५ हजार ८६६ रुपैयाँ बराबरको कारोबार भएको छ । 

बुधबार २ सय ५८ कम्पनीको २५ हजार ४१३ पटकको कारोबारमा २५ लाख ३९ हजार ४८ कित्ता शेयरको खरिद विक्रि हुँदा ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको छ । 

बुधबार ८७ कम्पनीको शेयर मूल्य बढ्दा १ सय १४ कम्पनीको शेयर मूल्य ओरालो लागेको छ । बाँकि १५ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ । 
 

खबरपाटी
खबरपाटी