काठमाडौं । खल्ती एवं बीआईएम एशोसिएशन अफ नेपाल (विमान) को सहकार्यमा खल्ती- डिजिटल शैक्षिक सेवा कार्यक्रमका लागि आधिकारिक रुपमा साझेदारीका लागि हस्ताक्षर भएको छ।
पैसा साथमै बोक्नुपर्ने, फि तिर्नकै लागि काम नै छाडेर बैंक तथा स्कुलमा लाइन बस्नुपर्ने जस्ता समस्याहरू विद्यार्थी अभिभावकलाई परिरहेको सन्दर्भलाई मध्यनज गर्दै साझेदारीका लागि हस्ताक्षर भएको हो । विद्यार्थी पक्ष मात्र नभई कलेज प्रशासनलाई समेत त्यही कामका लागि मानव स्रोतदेखि समय, झन्झट तथा अझ ठूलो हातबाट पैसाको कारोबार हुँदा रोग संक्रमणलाई प्रेरित हुने, नोट च्यातिने र केही नक्कली पैसाको लेनदेन हुनसक्ने जोखिम रहेको खल्तीका अफिसर रभिन्स पोखरेलले बताउनु भयो।
सहकार्यबाट शैक्षिक क्षेत्रमा आवश्यक अन्य थुप्रै सेवा सुविधा दिन खल्ती तयार रहेको खल्तीका हेड अफ बिजनेस निरज कार्कीले बताउनु भयो । उहाँले डिजिटल स्कुल कलेजका लागि बनाएको सिस्टमबाट शतप्रतिशत सकारात्मक प्रभाव पार्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । सूचना प्रविधि व्यवस्थापन सम्बन्धित शैक्षिक संस्था भएकाले विगत समय देखि नै कुनै न कुनै तरिकाले प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने कार्य गरिरहेको र खल्तीको यो प्रविधिको प्रयोगले शैक्षिक संस्था तथा सम्बन्धित विद्यार्थी तथा अभिभावकलाई थप सहज गराउनेबारे विश्वास रहेको विमानका संस्थापक अध्यक्ष सुरज भट्टराईले बताउनु भयो ।
के हो खल्ती-डिजिटल शैक्षिक सेवा ?
यस योजना अन्तर्गत कुनै पनि शिक्षित संस्थाले सिधै खल्तीको एप, वेब तथा आफ्नै अनलाइन प्लेटफर्ममा आफ्नो पेमेन्ट प्रोफाइल बनाई सजिलै भर्ना शुल्क, मासिक शुल्क, परीक्षा शुल्क लगायत आफ्नो संस्था अनुरूप कस्टमाइज पेमेन्ट डिजाइन गर्न सकिनेछ। सजिलो पेमेन्टसँगै निशुल्क स्प्यारो एसएमएस सिस्टम, रिजल्ट सिस्टम तथा बल्क टपअप, बैंक ट्रान्सफर तथा खल्तीबाट खल्ती ट्रान्सफरका लागि कर्पोरेट अकाउन्ट, क्यु आर सिस्टमसमेत प्रधान गरिने अफिसर रभिन्स पोखरेलले जानकारी दिनुभयो। यो सेवा लिने प्रक्रिया पनि सहज तथा छिटो रहेको छ। कुनै पनि शैक्षिक संस्थाले आफ्नो कम्पनि दर्ता प्रमाणपत्र, प्यान वा भ्याट प्रमाणपत्र र आधिकारिक लोगो सहित खल्तीमा सम्पर्क गर्नुभयो भने बाँकी कार्यको लागि खल्ती बाटै प्रकृया अघि बढाइने छ। साथै खल्तीको डिजिटल स्कुल कलेज सिस्टम इन्टिग्रेट गर्न कुनै शुल्क नलाग्ने समेत बताइएको छ । शैक्षिक संस्था एवं विद्याथी अभिभावक पनि यो सिस्टमको प्रयोग बाट प्रभावित भइसकेका छन्। सेन्ट जेभियर्स, ग्लोवल म्यानेजमेण्ट, सेन्ट म्यारिज, मदरल्याण्ड, हेटौडा स्कुल अफ म्यानेजमेन्ट जस्ता अन्य थुप्रै स्कुल कलेजले सेवा लिई आफ्नो सिस्टम डिजिटलाइज गरिसक्नुभएको छ।
शैक्षिक संस्था एवं विद्यार्थी अभिभावक पनि यो सिस्टमको प्रयोग बाट प्रभावित भैसकेका छन्। सेन्ट जेभियर्स, ग्लोबल म्यानेजमेण्ट, सेन्ट म्यारिज, मदरल्याण्ड, हेटौँडा स्कुल अफ म्यानेजमेण्ट जस्ता अन्य थुप्रै स्कुल र कलेजले सेवा लिई आफ्नो सिस्टम डिजिटलाइज गरिसकेका छन् । खल्तीका सहसंस्थापक अरविन्द शाह पनि शैक्षिक क्षेत्रलाई प्रविधियुक्त र पहुँच मा पुर्याउन कम्पनी निरन्तर लागिपरेको बताउनु हुन्छ। साथै कलेज र विश्व विद्यालयको ढाँचा अनुरूप सिस्टमलाई कस्टमाइज गराउनु खल्तीको अर्को उद्देश्य रहेको पनि जानकारी दिनुभयो।