यस्तो छ आजको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

यस्तो छ आजको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। बैंकले आज चैत ७ गतेका लागि निर्धारण गरेको नयाँ दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९२ पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १४१ रुपैयाँ १३ पैसा र बिक्री दर १४१ रुपैयाँ ७७ पैसा रहेको छ भने बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६१ रुपैयाँ ९५ पैसा रहेको छ। यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ०४ पैसा र बिक्री दर ३६ रुपैयाँ २१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबरपाटी
खबरपाटी