इजाजत प्राप्त बैङको अवस्था शून्य भएमा केन्द्रीय बैंकले कर्जा वितरण गर्ने

पछिल्लो पटक अमेरिकाका दुईवटा बैंक टाट पल्टिएका छन्

इजाजत प्राप्त बैङको अवस्था शून्य भएमा केन्द्रीय बैंकले कर्जा वितरण गर्ने

काठमाडौं । पछिल्लो पटक अमेरिकाका दुईवटा बैंक टाट पल्टिएका छन् । सो समचारले विश्वभरमा बैङ्क तथा वितिय संस्था त्रसित बन्न पुगेका छन् । नेपालको सन्दर्भमा आर्थिक कारोबार गर्ने संस्थाहरुले अब के गर्ने भनेर सोचन बाध्य हुनुपर्ने अवस्था आइसकेको छ । खराब वित्तीय स्थितिका कारण निक्षेपकर्ताले बैंकबाट एकैपटक ठूलो परिमाणमा निक्षेप झिकिदिएपछि बैंक रन (टान पल्टने) स्थितिमा पगेको छ ।

तीन दिनभित्र अमेरिकाको टप सिक्टिन बैंक, सिलिकन भ्याली र सिग्नेचर बैंक रन हुन पुगिसकेका छन् । तर नेपालमा भने केन्द्रीय बैंकले समस्यागस्त बैंकलाई काँध सो नीति अस्वीकार गरेका छन् ।

नेपाल राष्ट्र बैंकले आइतबार ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सम्बन्धी नीतिगत व्यवस्था, २०६७’ लाई खारेज गरेर ‘नेपाल राष्ट्र बैंक अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९’ जारी गरेको छ । यस विनियमावलीले इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था आर्थिक सङ्कटमा परेर टाट पल्टिने स्थिति आए केन्द्रीय बैंकले अन्तिम ऋणदाताको रूपमा कर्जा सापटी दिएर बचाउने नीति लिएको हो ।

केन्द्रीय बैंकका अनुसार सुरक्षाका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले इजाजतपत्र प्राप्त संस्था पुनरुत्थान गर्न पेस गरेको कार्ययोजना (रिन्यूभल प्लान) तथा इजाजतपत्र प्राप्त संस्था दीर्घकालमा सहज ढंगले सञ्चालन हुनसक्ने विषयमा राष्ट्र बैंक विश्वस्त हनुपर्ने भएको छ ।

खबरपाटी
खबरपाटी