विजयको यात्रा पुनः तय गर्न माओवादी शक्तिहरु एक हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री प्रचण्ड

विजयको यात्रा पुनः तय गर्न माओवादी शक्तिहरु एक हुनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हजारौं सहिद र वेपत्ताका सपना बदनाम गराउँदैमा बदनाम नहुने बताएका छन् । जनयुद्धका सहिद तथा वेपत्ता सन्तती फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले हजारौं सहिदहरुका दबिएर रहेका सपनाहरु अब दबाएर राख्न नसकिने बताएका छन् ।

‘कार्ल माक्र्सको सिद्धान्तलाई विश्लेषण गर्दै प्रचण्डले भने,‘ सहिदहरु कहिले मर्दैनन् वेपत्ता योद्धाहरु बेलबेला बाँचिरहेका हुन्छन अनि पत्ता लागिरहेका हुन्छन् । कंकालबाट उठेर फेरि सडकमा जुलुस र नारा लगाएर निस्कन्छन्’ ।

सबै माओवादी शक्तिहरु एक भएमा विजयको यात्रा पुनः तय गर्न सकिने प्रधानमन्त्री प्रचण्डले बताए । ‘माओवादी धार एकजुट भएमा एउटा शक्ति हुन्छ । एकचोटी माओवादीहरु एक भएर लाखौं जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्तिहरु प्रतिक्रियावादी तत्वहरु कमजोर हुन्छन् । माओवादीले विजयको यात्रा सुरु गर्न सक्छ भन्ने मेरो विश्वास बिल्कुल घटेको छैन’ प्रचण्डले भने ।

‘फागुन १ गतेको जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने औपचारिक र वैधानिक घोषणा भयो । यो अर्को एउटा कोशेढुंगा हो । जनयुद्धका सहिद र वेपत्तका पारिएकाहरुको त्याग, तपस्या र बलिदानलाई स्थापित गर्ने कुरा भएको प्रचण्डको भनाइ रहेको छ ।

खबरपाटी
खबरपाटी