वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने छ : प्रधानमन्त्री प्रचण्ड

छलफलमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका समस्याहरु नोट गरेको र यसलाई क्रमैसँग हल गर्दै जाने पनि बताए ।

वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले मुलुकको वर्तमान वित्तीय समस्या समाधानबारे सरकारले ठोस निर्णय लिने बताएका छन् । आइतबार सिंहदरबारमा निजी क्षेत्रका प्रतिनिधिहरुसँग आयोजित छलफलमा प्रधानमन्त्री दाहालले सारेकारवालाहरुसँग छलफल गरेर समस्या समाधानमा ठोस निर्णय गर्ने बताएका हुन् ।

‘वर्तमान वित्तीय अवस्थाबारे सरकार चिन्तित छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै बैठकमा सहभागी एक सरकारी प्रतिनिधिले भने, ‘सरोकारवालासँगको छलफलपछि सरकारले चाँडै अघि बढ्छ, ठोस निर्णय लिन्छ ।’

छलफलमा प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रका समस्याहरु नोट गरेको र यसलाई क्रमैसँग हल गर्दै जाने पनि बताए ।

खबरपाटी
खबरपाटी