हामी निर्णायक भूमिकामा छौँ, विभिन्न प्रस्तावहरु आइरहेका छन् : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भूमिका महत्वपुर्ण भएको बताएका छन्

हामी निर्णायक भूमिकामा छौँ, विभिन्न प्रस्तावहरु आइरहेका छन् : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको भूमिका महत्वपुर्ण भएको बताएका छन् । उनले आफ्नो पार्टी प्रष्ट सोचका साथ अगाडि बढेकाले आफ्नो पार्टी प्रगतिको साथमा अगाडि बढेको बताए ।

नेपाल दलित मुक्ति संगठन केन्द्रीय कमिटीको पाँचौ बैठक उनले भने, ‘दलित समस्या राख्न सबै तह तथा केन्द्रसँग सहकार्य गर्नु आवश्यक छ । अन्य संगठनको प्रतिस्पर्दामा अब्बल बनाउनु पर्छ । यसका लागि सबैसँग सल्लाह छलफल गर्नु । मैले के गर्नुपर्छ भन्नु होला ।’

उनले थपे, ‘अहिले हाम्रो पार्टी महत्वपुर्ण भूमिका छ । विभिन्न कुराहरूको प्रस्ताव आइरहेका छन् । पार्टी देश र जनताको हितमा काम गर्ने भएकाले आफ्नो निजी स्वार्थमा हामी लाग्ने छैन । सबै आन्दोलनमा हामीले खेलेका भूमिका महत्वपुर्ण छ ।’

उनले नेकपा एमालेतिर लक्षित गर्दै आफू पार्टी र सिद्धान्तमा अडिक रहेकाले कुनै पनि लोभमा नपर्ने बताए ।

 

खबरपाटी
खबरपाटी