नेपालले सातौं विकेट गुमायो, कोको भए आउट

नेपालले सातौं विकेट गुमायो, कोको भए आउट

नेपालले सातौं विकेट गुमायो, कोको भए आउट

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आज नेपालले पपुवान्युगिनी (पिएनजी)विरुद्ध खेलिरहेको छ ।

पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य पछाएको नेपालले सातौं विकेट गुमाएको छ । नेपालले ३२औं ओभरमा २३ रन बनाएर खेलिरहेका कुशल मल्ललाई गुमाएको हो ।

यस अघि नेपालका कुशल भुर्तेल गोल्डेन डक आउट भएका थिए भने ज्ञानेन्द्र मल्ल ६ रन बनाएर आउट भएका थिए । त्यस्तै भीम सार्की ८ रन, कप्तान रोहित पौडेल र आरिफ सेख १-१ रन बनाएर आउट भएका थिए । त्यस्तै दिपेन्द्र सिंह ऐरी ८ रन बनाएर आउट भएका थिए ।

यो समाचार तयार गरुन्जेल नेपालले ३२ ओभरमा ७ विकेट गुमाएर १०५ रन बनाएको छ ।

खबरपाटी
खबरपाटी