पिएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए

पिएनजीद्वारा नेपाललाई १८० रनको लक्ष्य

काठमाडौं । यूएईमा भइरहेको आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत जारी शृखंलाको आफ्नो तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० बाट जितका लागि १८० रनको लक्ष्य पाएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेमो पीएनजीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १७९ बनायो ।

पीएनजीका लागि ओपनर टोनी उराले सर्वाधिक ३९ रन बनाए । हिरी हिरीले ३१ र किप्लिन डोरिगाले २६ रन जोडे ।

पहिलो विकेटका लागि टोनी उरा र डोरिगाले १०.३ ओभरमा ४२ रनको साझेदारी गरेका थिए । तर सन्दीप लामिछानेले डोरिगालाई एलबीडब्लु धरापमा पार्दै साझेदारी तोडेर नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि पीएनजीले ठूलो साझेदारी गर्न सकेन भने नेपालले नियमित अन्तरालमा विकेट लिइरह्यो ।

टोनी उरालाई २२औं ओभरमा सोमपाल कामीले आफ्नै बलमा उत्कृष्ट क्याच लिँदै आउट गरे ।

लगत्तै अर्को ओभरमा कुल मल्ले कप्तान असद भालालई एलबीडब्लु धरापमा पारे । बाउ र भालाले समान ११ रन जोडे ।

सोमपाल कामीले रिले हेकुरेलाई ४७औं ओभरमा बोल्ड गरे । करणले ४९औ ओभरमा नोर्मन भानुअलाई १४ रनमा बोल्ड गरे ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले २-२ विकेट लिए । १० ओभर बलिङ गर्दा दीपेन्द्रले १ मेडन राख्दै ३० र र सोमपालले ३९ रन खर्चिए ।

सन्दीप लामिछानेले ९.२ ओभरमा १ मेडन राख्दै ३२ रन खर्चेर १ विकेट लिए । कुशल मल्लले १० ओभरमा १ मेडना राख्दै ३६ रन खर्चेर १ विकेट लिए ।
 

खबरपाटी
खबरपाटी