आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लड्ने तयारी गरेका छन् । उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाएपछि खाली हुने सिटमा उनी चुनाव लड्ने तयारी गरेका हुन् ।
गत ४ मङ्सिरमा भएको संसदीय निर्वाचनमा बारा २ बाट जसपाका रामसहायप्रसाद दायाद निर्वाचित भएका थिए । तर, संवैधानिक व्यवस्थाअनुसार उपराष्ट्र पनि बन्न सांसद पद त्याग्नु पर्ने भएकोले उक्त स्थान खाली हुने भएको हो ।
गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली काँग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो। पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउने तयारी गरेका छन्।