माओवादी स्थिर बस्ने पार्टी होइन- हरिबोल गजुरेल

माओवादी स्थिर बस्ने पार्टी होइन- हरिबोल गजुरेल

माओवादी स्थिर बस्ने पार्टी होइन- हरिबोल गजुरेल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन् । बिहीवार कीर्तिपुरमा आयोजित एक कायक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारसमेत रहेका उनले यस्तो बताएका हुन् ।

उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आम मानिसहरुले माओवादी केन्द्र अस्थिर भएको भनिरहेपनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गरे ।

उनले उहाँले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरु अघि नबढ्ने दाबी गरे । उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको उल्लेख गरे ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने र बेपत्ताहरुको समस्या समाधान गर्ने प्रतिवद्धता जनाएको बताए । उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौति रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए ।

उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गरे । उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरे ।

खबरपाटी
खबरपाटी