शर्मिला वाइबाले विष पिएर गरिन् आत्महत्या प्रयास

विवादमा परेकी शर्मिला वाइबाद्वारा आत्माहत्याको प्रयास

शर्मिला वाइबाले विष पिएर गरिन् आत्महत्या प्रयास

काठमाडौँ । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबाले विष पिएर आत्महत्याको प्रयास गरेकी छन् । हिजो (बुधबार) राति उनले काठमाडौँको बानियाँटारस्थित आफ्नै निवासमा विष खाएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।

अहिले उनको उपचार वीर अस्पतालमा भइरहेको छ । अवस्था चिन्ताजनक नरहेको अस्पताललाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ । उनी बोल्न सक्ने अवस्थामै छिन् । तर विष पिउनुको  कारणबारे बताउन मानेकी छैनन् ।

उनि केही समयअघि मात्रै पत्रकार ऋषि धमलासँग नाम जोडेर विवादमा आएकी थिइन् । धमलासँग नाम जोडेर युट्युबमा अन्तर्वार्ता दिएपछि उनी विवादमा परेकी थिइन् ।

यस्तै अभिनेता पल शाह काठमाडौं आउँदा स्वागत गर्न उनी विमानस्थल पुगेकी थिइन् । त्यतिबेला पनि यही विषयमा गायक राजेश पायल राईले अमान्य प्रश्न गरेको भन्दै पत्रकार माझ विवाद गरेकी थिइन् ।

उनको अहिले वीर अस्पतालको आईसीयूमा उपचार भइरहेको छ ।

 

खबरपाटी
खबरपाटी