प्रचण्डको आँटले पुरानो गठबन्धन ब्युँतिएको हो : सभापति देउवा

प्रचण्डको आँटले पुरानो गठबन्धन ब्युँतिएको हो : सभापति देउवा

प्रचण्डको आँटले पुरानो गठबन्धन ब्युँतिएको हो : सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पुरानो गठबन्धनलाई ब्युँताउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आँट र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको चौडा छातीले काम गरेको बताएका छन् ।

बिहीबार राष्ट्रपति चुनावका लागि आठ दलमा आबद्ध संघीय सांसदको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले यस्तो बताएका हुन् । देउवाले आगामी राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल उपयुक्त पात्र भएको दाबी गरे ।

उनले भने, ‘नेता पौडेल पुराना साथी भए पनि सभापतिले केही दिएन भन्ने गुनासो सुनिन्थ्यो । राष्ट्रपति बनाएपछि उहाँबाट सुनिने गुनासो हट्छ ।’

खबरपाटी
खबरपाटी