चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि आत्माहत्या

चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि आत्माहत्या

चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि आत्माहत्या

काठमाडौं । रामेछाप घर भइ हाल काठमाडौँ बस्दै आएका दीपक पौडेलले आत्माहत्या गरेका छन् । रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ भीरपानी घर भएका उनि अहिले काठमाडौँमा व्यवसाय गर्दै आएका थिए ।  उनले घाँटिमा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् ।

पौडेल लामो समय व्यापार व्यवसायमा संलग्न रहेको र बैंकको किस्ता तिर्न नसकेकोसमेत कारण आर्थिक व्यवहार बिग्रिएपछि उनले प्राण त्याग गरेको भन्ने जानकारी आएको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिएका छन् ।

अन्दाजी ५० वर्षीय पौडेलले व्यवसाय सञ्चालनका लागि भन्दै रकम ऋण लिएका थिए । आर्थिक मन्दी र चर्को ब्याजदरका कारण ऋण तिर्न नसकेपछि उनी केहि समयदेखि पीडामा थिए । पारिवारिक स्रोतका अनुसार उनले पछिल्ला केही दिनदेखि घरमा पनि ऋणको भार एकदमै बढी भएको र आफुले अब थेग्न नसक्ने बताउँदै आएका थिए ।

खबरपाटी
खबरपाटी