एमालेले सरकार छोडेकै दिन क्याबिनेटबाट के-के भयो नयाँ निर्णय ?

क्याबिनेटका अन्य निर्णयहरू नियमितरूपमा फागुन १६ गते सार्वजनिक गरिने पनि उनले जानकारी दिए

एमालेले सरकार छोडेकै दिन क्याबिनेटबाट के-के भयो नयाँ निर्णय ?

काठमाडौं । सरकारले २०६५ सालमा शहीद घोषणा भएकाहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ । एमाले सरकारबाट बाहिरिएलगत्तै आज बसेको क्याबिनेट बैठकले जनयुद्धलगायत विभिन्न राजनीतिक आन्दोलनका शहीदको नाम राजपत्रमा छाप्ने निर्णय गरेको हो । 

बैठकका निर्णयबारे जानकारी दिँदै सरकारका प्रवक्तासमेत रहेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले २०६४ सालदेखि विभिन्न समयमा शहीद घोषणा भएका तर राजपत्रमा प्रकाशित नभएर राज्यले शहीदको मान्यता नदिएकाहरूको नामावली राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको बताए ।   

क्याबिनेटका अन्य निर्णयहरू नियमितरूपमा फागुन १६ गते सार्वजनिक गरिने पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आज अपरान्ह बसेको क्याबिनेट बैठकमा उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चारमन्त्री शर्मा, पर्यटनमन्त्री सुदन किराँती, सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, मुख्य सचिव शंकरदास बैरागीलगायतको सहभागिता थियो ।
 

खबरपाटी
खबरपाटी