निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रबिन कुमार थारु बेपत्ता, खोजी कार्य तिव्र

सम्पर्क न: ९८४९८८८३६१ ९८४९६३६५०८, ९८४०५४१०२०

निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर प्रबिन कुमार थारु बेपत्ता, खोजी कार्य तिव्र

काठमाडौं । जिल्ला बर्दिया ठाकुरबाबा न पा ३ मिर्चैया ,बर्दिया  घर भइ हाल जिल्ला निर्वाचन कार्यालय नवलपरासी कावासोतिमा कम्प्युटर अपरेटर पदमा कार्यरत प्रबिन कुमार थारु बेपत्ता भएका छन् । 

घर (बर्दिया) आउने क्रममा फागुन ५ गते लमही बस पार्कमा साझ करिब ७ बजे पुगे पश्चात् परिवार तथा आफन्तको सम्पर्कमा नभएको हुँदा घर परिवार र साथी भाईमा चिन्ता फैलिएको छ । प्रहरीमा उजुरी समेत परिसकेकोले फेला पार्नु हुने जोसुकै महानुभावले नजिकैको प्रहरी कार्यालय वा तपशिलका मो. न. मा खबर गरि सहयोग गरिदिनु परिवार एवं आफन्तीजन बाट हार्दिक अपील गरिएको छ । साथै निजको मानसिक स्वास्थ अवस्था डीप्रेसनको कारण कमजोर रहेको समेत परिवारजन बाट जानकारी गराइएको छ । 

माथी तस्वीरमा भएको व्यक्ति कतै फेला परेमा नजिकको जिल्ला प्रहरी कार्यालय अथवा तलको लेखिएको सम्पर्क नं मा फोन गर्न खबरपाटी मिडिया सबैमा हार्दिक अनुरोध गर्दछ ।  
सम्पर्क न: ९८४९८८८३६१ ९८४९६३६५०८, ९८४०५४१०२०

खबरपाटी
खबरपाटी