नेकपा पुर्नस्थापनाको संभावना नभएका कारण आठदलीय गठबन्धन बनेको हो : माधव नेपाल

गणतन्त्र र संघीयताको रक्षाका लागि आठदलीय गठबन्धन

नेकपा पुर्नस्थापनाको संभावना नभएका कारण आठदलीय गठबन्धन बनेको हो : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा पुर्नस्थापनाको संभावना नभएपछि आठदलीय गठबन्धन बनेको बताएका छन् ।

आज सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै एमाले , माओवादी र नेकपा एकीकृत समाजवादीलाई एकै ठाउँमा ल्याएर नेकपा पुर्नस्थापनाका लागि पहल गरेको तर संभावना नदेखिएपछि आठ दलिय गठबन्धन बनेको बताएका छन् ।

‘केपी ओलीले वार्ता संवाद गरेपछि हामीले पनि केही सम्भावना खोजेको उनले बताए । , ‘एमाले माओवादी र नेकपा एकीकृत समाजवादी तीनवटै पार्टीलाई मिलाएर २०७५ जेठ ३ को बिन्दुमा केन्द्रित गर्न खोजिएपनि संभावना नदेखिएको उनको भनाइ रहेको छ ।

गणतन्त्र र संघीयताको रक्षाका लागि आठदलीय गठबन्धनमा सहभागी भएको उनको दावी रहेको छ ।

खबरपाटी
खबरपाटी