एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने

काठमाडौं । नेकपा एमालेका मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी गरेका छन् । पार्टीको आज बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेसँगै मन्त्रीहरुले राजीनामा बुझाउन लागेका हुन् ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले बैठकका निर्णयसँगै राजीनामा पनि बुझाउने जानकारी गराएका हुन् । एमालेले गत पुस १० गते पार्टी उपाध्यक्ष पौडेलको नेतृत्वमा ८ जनालाई प्रचण्ड नेतृत्वको सरकारमा पठाएको थियो ।

नेकपा एमालेबाट उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा राजेन्द्रकुमार राई, परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका छन् ।

खबरपाटी
खबरपाटी