नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलेसहित तीन जनाले आलोपालोमा प्रधानमन्त्री पाउने भनेर सार्वजनिक समाचार अनुमान मात्रै भएको टिप्पणी गरेका छन् । अध्यक्ष नेपालले आज उक्त धारणा जनकपुरमा व्यक्त गर्दै आफूहरुबीच भएको सहमति सार्वजनिक गर्ने उपयुक्त समय नआएको उल्लेख गरे ।
पत्रकारहरुसँग कुराकानी गर्दै नेपालले भने, ‘वामपन्थी शक्तिहरु एक हुनका लागि आफूले आह्वान गरेको र एजेण्डा मिल्नेसँग सहकार्य गर्ने भनेका छौं ।’ वामपन्थी शक्तिहरुलाई मिलेर जान र मोर्चा बनाएरसमेत अघि बढ्न तयार छौं भनिएको नेपालले उल्लेख गरे । ‘तर हामी कुनै पार्टीमा विलय हुनेवाला छैनौं,’ उनको भनाई छ ।
मुलुकमा चुनौतीपूर्ण समस्या देखिएकाले उक्त समस्या समाधान गर्न सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने अध्यक्ष नेपालको भनाइ छ । यसमा एमालेलगायत सबै राजनीतिक दल मिलेर जानुपर्ने उनको सुझाव छ ।