आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
बारा । बारामा बिहीबार देखि सातौँ जिल्ला स्तरीय नेपाल सितोरियो कराँते प्रतियोगिता सुरु हुने भएको छ । जीतपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित शान्ति टोल खेल मैदानमा ३ दिनसम्म कराँते प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाल सितोरियो कराँते शाखा डोजोले बुधवार पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगितामा २० केजी देखि ६८ किलोसम्म तौल भएका बालकदेखि वृद्धसम्मले प्रतियोगितामा भाग लिन सक्ने जानकारी दिएको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुनेलाई ५ हजार रुपैयाँ पुरस्कारको साथै मेडल र सिल्डसमेत प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । प्रतियोगितामा ४ लाख ३५ हजार ५ सय अनुमानित खर्च लाग्ने जनाइएको छ ।