अमेरिकी राष्ट्रपति बाइडेनले गरे युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ

अमेरिकी राष्ट्रपति बाइडेनले गरे युक्रेनलाई हातहतियार बढाउने प्रतिबद्धता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युक्रेनको राजधानीको आकस्मिक भ्रमण गरी हतियार आपूर्ति बढाउने वाचा गरेका छन् ।  

ह्वाइट हाउस पुलले जनाएअनुसार उनले सो प्रतिबद्धता जनाएर कीभबाट फिर्ता भएका हुन् । राष्ट्रपति बाइडेनको कीभ भ्रमण एक्कासि आयोजना भएकाले यसले राजनीतिक तरङ्ग थपेको छ।

पश्चिमाहरूले समर्थन गरेको युक्रेनमा रुसको आक्रमणको पहिलो वर्षगाँठ अघि राष्ट्रपति बाइडेनद्वारा गरिएको कीभ भ्रमणलाई  राजनीतिक एवं कूटनीतिकरूपमा विशेष चासोको रूपमा हेरिएको छ । –एएफपी

खबरपाटी
खबरपाटी