ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ ।

ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने समय थप

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले माघ २९ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने समय थप भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा निष्कासन गरेको ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४८५’ मा अब फागुन १४ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सकिने भएको हो ।

बैंकले प्रति ऋणपत्र १ हजार अंकित दरका रू. ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये रू. ३ अर्ब बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी रू. २ अर्ब बराबरको २० लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ । सर्वसाधारणलाई निष्कासन गरेको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ३० हजार कित्ता सहित १९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो शेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

खबरपाटी
खबरपाटी