घट्यो सुनचाँदीको मूल्य

सुनचाँदीको मूल्य घटेको छ।

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं। नेपाली बजारमा बिहीबार  सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलामा ६०० रुपैयाँ र चाँदी ५ रुपैयाँले घटेको हो ।

महासंघले बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ कायम गरिएको छ। बुधबार सुन १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, बिहीबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ। जुन बुधबारको तुलनामा ५ रुपैयाँ घटेको हो। बुधबार चाँदीको कारोबार प्रति तोला १ हजार २९० रुपैयाँमा भएको थियो।
 

खबरपाटी
खबरपाटी