काठमाडौं । मौद्रिक नितिको अर्धवार्षीक समिक्षा कुरीरहेका लगानीकर्ताहरु कारोबारको सुरुवातमा भ्रमित देखिन्थ्य । सुरुवात देखिनै सुस्ताएको शेयर बजार अन्तीम घडीमा भने ह्वातै बढेको देखिन्छ ।
बिहीबार शेयर बजार परिसूचक नेप्से १२ दशमलव ४३ अंकले बढेर २१८२ दशमलव ६१ अंकको विन्दुमा बन्द भएको छ ।
२ सय १६ कम्पनीको कारोबार हुदाँ १ सय ५२ कम्पनीको शेयर मूल्य बढेको छ भने ५८ कम्पनीको शेयर मूल्य घटेको छ । बाँकि ६ कम्पनीको शेयर मूल्य भने स्थीर रहेको छ ।
आज नेप्से परिसूचकसँगै शेयर बजारमा सम्पूर्ण परिसूचकहरुमा बढोत्तरी देखिएको छ । क वर्गका कम्पनीको कारोबार मापन परिसूचक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ५७ प्रतिशतले बढेर बन्द भएको छ ।
१३ उपसमूहको कारोबार भएकोमा म्यूचल फन्ड उपसमूहको परिसूचक मात्र ० दशमलव २० प्रतिशतले घटेको छ भने बाँकि सबै उपसमूहको परिसूचक बढेको छ । विकाश बैंक उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ४६ प्रतिशतले बढेको छ ।
बिहीबार २५७ वटा शेयरहरुको कारोबारमा ३५ हजार ४५० पटक कारोबार भएका छन् भने ५६ लाख ४८ हजार २१२ कित्ता शेयरहरुको खरिदविक्रि हुदाँ २ अर्ब ६ करोड २० लाख ५८ हजार ७४९ रुपैयाँ १४ पैसा बराबरको कारोबार भएको छ ।
आज अपि पावर कम्पनीको सर्वाधिक १ लाख ९६ हजार ९३२ कित्ताको खरिविक्रिमा ५ करोड ८६ लाख ५४ हजार ६९६ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।