अन्तरबैंक कारोबारमा पाकिस्तानी रुपया झन कमजोर
शुक्रवार अन्तर बैंक बजारमा डलरको तुलनामा रुपयाको भाउ ७ रुपया १७ पैसा घटेर प्रतिडलर २६२ रुपया ६० पैसामा आएको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले जनाएको छ । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा २ दशमलव ८१ प्रतिशत कम हो ।