अडियो ‘फेक’ भन्दै सांसद डा राणाले दिनुभयो साइबर ब्यूरोमा निवेदन
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।