काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, सिँचाइ तथा जलस्रोत क्षेत्रको अवस्था बुझ्न र विपद्बाटक्षतिग्रस्तसंरचनाको पुनर्निर्माण एवं जोखिम न्यूनीकरणका लागि आवश्यक पहल गर्न आज गण्डकी प्रदेशका विभिन्न जिल्लाकोस्थलगत अनुगमनगर्नुहुने भएको छ।
मन्त्री श्रेष्ठले कास्की, स्याङ्जा, म्याग्दी, बागलुङ र पर्वत जिल्लाका विभिन्न स्थानमा पुगेर पहिरो नियन्त्रण, नदी तथा खोलामातटबन्धनिर्माण र सिँचाइ आयोजनासँग सम्बन्धित समस्याबारे जानकारी लिनुहुने कार्यक्रम रहेको छ।
अनुगमनका क्रममा कास्कीमा पहिरोबाट भएको क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै स्याङ्जामा जलविद्युत्आयोजनातथा नेपाल विद्युत् प्राधिकरणसँग सम्बन्धित विषयको निरीक्षण र समीक्षा गर्ने कार्यक्रम छ।
विपद्बाट प्रभावित नागरिकका समस्या पहिचान गर्ने, क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई तीव्रता दिने तथा सम्भावित जोखिम न्यूनीकरणकालागिआवश्यक योजना र पूर्वाधारको दिगो व्यवस्थापन गर्ने उद्देश्यले मन्त्री श्रेष्ठ स्थलगत अनुगमनमा जान लाग्नुभएको हो।
स्थलगत निरीक्षणबाट प्राप्त जानकारीका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल समाधान गर्नुपर्ने समस्या रदीर्घकालीनसमाधानका उपाय पहिचान गरिने जनाइएको छ।
नागरिकको घरदैलोमै पुगेर समस्या बुझ्ने र समाधानका लागि प्रत्यक्ष पहल गर्ने सरकारको प्राथमिकताअनुरूप मन्त्री श्रेष्ठले गण्डकीप्रदेशकोभ्रमण गर्न लाग्नुभएको हो।