काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिगको छैटौँ संस्करणदेखि 'होम एन्ड अवे' प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण हुने जानकारी दिएका छन्।
आज एनपीएलमा जित निकालेको सुदुरपश्चिमलाई बधाइ दिँदै उनले ती क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिने पनि बताएका हुन्।
सामाजिक सञ्जालबाट उनले फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको र आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रकृया अघि बढाइने जानकारी दिएका छन्।
उनले क्लब र रंगशालाको विवरण पनि सार्वजनिक गरे
१. विराटनगर किंग्स - बैजनाथपुर क्रिकेट रंगशाला
२. लुम्बिनी लायन्स - सिद्धार्थ क्रिकेट रंगशाला
३. कर्णाली याक्स - सुर्खेत क्रिकेट रंगशाला
४. सुदूरपश्चिम रोयल्स - फाप्ला क्रिकेट रंगशाला
५. काठमाडौं गुर्खाज -कीर्तिपुर क्रिकेट मैदान
६. पोखरा एभेन्जर्स - पोखरा क्रिकेट रंगशाला
७. जनकपुर बोल्ट्स - रामजानकी क्रिकेट रंगशाला
८. चितवन राइनोज -गौतमबुद्ध क्रिकेट रंगशाला
अन्तिममा उनले क्रिकेटको व्यावसायिक विकास र विस्तारका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार तयार रहेको पनि बताएका छन्।