काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले काठमाडौंको जनबहालस्थित ऐतिहासिककनकचैत्य महाविहारमा सञ्चालन भइरहेको तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा सहभागी भई पूजाआराधना तथादर्शन गरेका छन्।
मंसिर ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भइरहेको धार्मिक अनुष्ठानको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेल र मन्त्री श्रेष्ठ महाविहारपुगेकाहुन्। राष्ट्रपति पौडेलको उपस्थितिमा मन्त्री श्रेष्ठसहितले विधिपूर्वक पूजा आराधना गरेका थिए।
श्री आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा भइरहेको महायज्ञमा शाक्य–बज्राचार्य गुरुज्यूहरूबाट विशेष शान्ति स्वस्तिपाठ,धार्मिक विधिअनुसार पूजा तथा अग्निहोम भइरहेको छ।
आयोजकका अनुसार महायज्ञको मुख्य उद्देश्य विश्वशान्ति, प्राकृतिक विपत्तिबाट मुक्ति, लोककल्याण तथा सम्पूर्ण प्राणी जगतकोसुख,शान्ति र समृद्धिको कामना गर्नु हो।
वज्रयान बौद्ध परम्पराअनुसार आयोजना गरिएको यस धार्मिक अनुष्ठानमा संकल्प पूजा, रत्नमण्डल, कलश पूजा, अष्टमंगल पूजा,सुकुन्दापूजा, ध्यान, जप, सूत्रपाठ तथा अग्निहोमलगायतका विधि समावेश छन्।
हालै पुनर्निर्माण गरिएको कनक चैत्य महाविहार परिसरमा आयोजित महायज्ञले काठमाडौंको मौलिक बौद्ध परम्परा, सांस्कृतिकसम्पदार धार्मिक आस्थाको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
काठमाडौंको प्राचीन बस्ती जनबहालमा अवस्थित कनक चैत्य महाविहार सेतो मच्छिन्द्रनाथको प्रमुख धार्मिक स्थलका रूपमा परिचितछ।बौद्ध धर्मावलम्बीले सेतो मच्छिन्द्रनाथलाई आर्यावलोकितेश्वर तथा करुणामयका रूपमा श्रद्धा गर्ने गर्छन् भने हिन्दू धर्मावलम्बीलेपनिउहाँको पूजा आराधना गर्दै आएका छन्।वर्षा, सहकाल र लोककल्याणका देवताका रूपमा समेत पूजिने सेतो मच्छिन्द्रनाथको धार्मिक महत्त्वले नेपालको धार्मिक सहिष्णुता,सहअस्तित्वर सांस्कृतिक एकताको परम्परालाई प्रतिबिम्बित गर्दै आएको छ।