नेकपा एमालेको राष्ट्रिय भेला आज सकिँदै

नेकपा एमालेको राष्ट्रिय भेला आज सकिँदै

काठमाडौं – नेकपा एमालेको राष्ट्रिय भेला आज सकिँदैछ। 
बबरमहलस्थित कार्की बैंक्वेटमा हिजो सुरु भएको भेलामा आज पार्टीका उपाध्यक्ष रामबहादुर थापाले सहभागीहरूलाई प्रशिक्षण दिने कार्यक्रम रहेको छ । त्यस्तै, भेलालाई वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्नेछिन्।  पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषय र आगामी कार्यदिशाका सन्दर्भमा प्रशिक्षण तथा निर्देशन मन्तव्य राख्ने कार्यतालिका रहेको एमालेका प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।
आज बिहान ८ बजे सुरु भएको भेला दिउँसो ३ सम्ममा समापन गरी सोही स्थानमा केन्द्रीय कमिटीको चौथो बैठक बस्ने तय भएको आचार्यले बताए। 
बैठकमा राष्ट्रिय भेलाबाट प्राप्त सुझाव तथा पार्टीको आगामी सांगठनिक र राजनीतिक योजनाहरूका विषयमा छलफल हुने जनाइएको छ। 

खबरपाटी
खबरपाटी