प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय राजदूत सुधाकर दलेलाबीच शिष्टाचार भेटवार्ता, भारत भ्रमणबारे छलफल

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाबीच सिंहदरबारस्थित प्रधानमन्त्रीतथामन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता भएको छ।

भेटका क्रममा प्रधानमन्त्री शाहले राजदूत दलेलालाई नेपालका लागि राजदूत नियुक्त हुनुभएकोमा बधाई दिँदै सफल कार्यकालकोशुभकामनाव्यक्त गर्नुभयो। साथै, रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको सहयोगप्रति आभारव्यक्त गर्नुभयो।

सो अवसरमा प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारीबारे समेत छलफल भएको थियो। राजदूत दलेलाले प्रधानमन्त्रीशाहकोभारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ता महत्त्वपूर्ण हुने बताउनुभयो।

उहाँले भ्रमणका एजेन्डा तय भइसकेको जानकारी दिँदै भ्रमणलाई उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायबीच तीव्ररूपमातयारी भइरहेको बताउनुभयो।

भेटवार्तामा नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफलभएकोजनाइएको छ।

खबरपाटी
खबरपाटी