आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – काठमाडौंको चाबहिलसहित विभिन्न क्षेत्रमा आज तीन घण्टा विद्युत् आपूर्ति बन्द भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले चाबहिल सबस्टेसनको मर्मत सम्भारका लागि आज बिहान तीन घण्टा विद्युत् आपूर्ति बन्द गरेको हो ।
प्राधिकरणका अनुसार चाबहिल सबस्टेसनको ६६ केभी बस आइसोलेटर मर्मतसम्भार गर्नुपर्ने भएकाले बिहान ५ बजेदेखि ८ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।
उक्त अवधिमा चाबहिल, पशुपति, गौशाला, मित्रपार्क, जयबागेश्वरीलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।
निर्धारित समयभन्दा अगावै मर्मतसम्भारको काम सम्पन्न भएमा सोहीअनुसार विद्युत् आपूर्ति सुचारु गरिने प्राधिकरणले जनाएको छ ।