कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट खस आर्यतर्फ केन्द्रीय सहमहामन्त्रीमा मनोजमणि आचार्य निर्वाचित भएका छन् । 

आचार्यले दुई हजार ६४८ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४४९ मतको अन्तरले पराजित गरेका हुन् ।

सहमहामन्त्री पदको अन्तिम मतपरिणामअनुसार केसीले दुई हजार १९९ मत प्राप्त गरेका छन् । अर्का उमेदवार दिनेश कोइरालाले एक हजार २४६ मत प्राप्त गर्दा शुभराम बस्नेतले ५३५ मत पाएका छन् ।

खबरपाटी
खबरपाटी