भारतको बिहार गंगा नदीमा डुंगा पल्टिँदा बालबालिकासहित १४ जनाको ज्यान गयो

भारतको बिहार गंगा नदीमा डुंगा पल्टिँदा बालबालिकासहित १४ जनाको ज्यान गयो

भारतको बिहार गंगा नदीमा डुंगा पल्टिँदा बालबालिकासहित १४ जनाको ज्यान गएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् । तीन जनालाई सकुशल उद्धार गरिएको छ । भारतीय सञ्चारमाध्यम इन्डिया टुडेकाअनुसार हिजो बेलुका बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत रामपुर श्यामचन्द गाउँ नजिकै दुर्घटना भएको हो ।

डुंगामा २५ जना भन्दा धेरै थिए । उनीहरु भोज खान जाने क्रममा नदीमा डुंगा पल्टिएको खबरमा उल्लेख छ । घटनालगत्तै स्थानीय प्रहरी र प्रशासनले उद्धार अभियान चलाएका थिए ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गर्नुभएको छ ।
 

खबरपाटी
खबरपाटी