नेप्से परिसूचक ११ दशमलव ९६ अंकले बढ्यो

नेप्से परिसूचक ११ दशमलव ९६ अंकले बढ्यो

काठमाडौं - धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अंकले बढेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ९६ अंकले  बढेर दुई हजार ५७८ दशमलव ७३ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई अंकले बढेर ४६१ दशमलव ८६ मा पुगेको छ।  त्यसैगरी फ्लोट सूचक शून्य दशमलव ८२ अंकले बढेर १७७ दशमलव ७१ मा पुगेको छ। 

यसैगरी सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७५ अंकले बढेर १५५ दशमलव ८४ मा पुगेको छ। आज विभिन्न कम्पनीका  ८९ लाख  ५५ हजार २३० कित्ता सेयर रु तीन अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ मूल्यमा खरिद बिक्री भएको छ। १३ उपसमूहमध्ये ११ उपसमूह बढ्यो भने दुई उपसमूह घट्यो।

आज १६९ कम्पनीको सेयर बढ्यो भने ९५ कम्पनीको सेयर घट्यो। त्यसैगरी १५ कम्पनीको सेयर स्थिर रह्यो। नेप्सेका अनुसार त्रिशूली जलविद्युत् कम्पनी, साल्पा विकास बैंक, हाथवे इन्भेष्टमेन्ट नेपाल लगायतका लगानीकर्ताले कमाएका छन्। त्यसैगरी सर्वाेत्तम पेन्ट्स, एनआइविएल ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर लगायतका कम्पनीका लगानीकर्ताले गुमाएका छन्। 

खबरपाटी
खबरपाटी