मानव–वन्यजन्तु द्वन्द्व समाधान र जलवायु उत्थानशीलतामा नेपाल–डब्लुडब्लएफ सहकार्य

मानव–वन्यजन्तु द्वन्द्व समाधान र जलवायु उत्थानशीलतामा नेपाल–डब्लुडब्लएफ सहकार्य

काठमाडौं – कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र विश्व वन्यजन्तु कोष (डब्लुडब्लएफ)  अमेरिका प्रमुख कार्याकारी अधिकृत लोरेन मेयरबीच भेटवार्ता भएको छ । 
भेटमा नेपालको पछिल्लो बाढी तथा विपद्, पुनर्निर्माण, जैविक विविधता संरक्षण, जलवायु उत्थानशीलता, वन तथा वन्यजन्तु व्यवस्थापन र आगामी सहकार्यका विषयमा छलफल भएको छ ।
मन्त्री चौधरीविपद्को समयमा डब्लुडब्लएफले गरेको सहयोगका लागि धन्यवाद दिँदै बाढीबाट कृषि भूमि तथा वन क्षेत्रमा भएको क्षति र पुनर्निर्माणका चुनौतीबारे विषय राख्नुभयो । उहाँले पुनर्निर्माणसँगै दीर्घकालीन जलवायु तथा विपद् उत्थानशीलता विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
छलफलमा मानव–वन्यजन्तु द्वन्द्व बढ्दै गएको विषयमा विशेष ध्यान दिइएको थियो । बाघको सङ्ख्या वृद्धि भएसँगै मानव–बाघ द्वन्द्व तथा जङ्गली हात्तीको समस्या र पछिल्लो समय करिब ५५ जिल्लामा देखिएको बाँदरको समस्या समाधानका लागि आधुनिक प्रविधि र वैज्ञानिक व्यवस्थापन आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो। 
बाँदर व्यवस्थापनका लागि वन्द्याकरण प्रविधि, हात्ती व्यवस्थापनका लागि विशेष परियोजना तथा मानवभक्षी बाघ व्यवस्थापनका लागि विशेष संरक्षण क्षेत्र स्थापना गर्ने सम्भावनाबारे छलफल भयो ।
प्रमुख अधिकृत मेयर विपद्को यस कठिन समयमा सरकारसँग डब्लुडब्लएफको निरन्तर सहकार्य रहने बताउँदै पुनर्निर्माणलाई विगतको भन्दा दिगो, प्रकृतिमा आधारित र जलवायु उत्थानशील ढाँचामा अघि बढाउनुपर्नेमा जोड दिनुभयो । नेपालका आवश्यकताअनुसार अन्तर्राष्ट्रिय प्रविधि, ज्ञान र स्रोत परिचालनमा डब्लुडब्लएफले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

खबरपाटी
खबरपाटी